शनिबार १ हजार ७७३ नमुना परीक्षण गर्दा १४७ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर जम्मा १४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ७७३ जनाको नमुना परीक्षण गर्दा १४७ जनामा कोरोना पुष्टि भएको हो ।
दशैंको माहोल भएकाले पनि धेरै जना परीक्षणमा नजाँदा आज निकै थोरै मात्र नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ । उता पछिल्लो २४ घण्टामा मृत्यु पनि एक जना संक्रमितको मात्र भएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार २७८ पुगेको छ । उता गत २४ घण्टामा देशभर ८४५ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
अहिले देशभर १२ हजार ५९८ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यीमध्ये ३०७ जना आइसीयूमा र ९७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण