नेपालमा कतिले लगाए कोरोना विरुद्धको खोप ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर ह्वात्तै घटेको छ । दैनिक रुपमा थपिने नयाँ संक्रमितको संख्या घट्दो छ भने निको हुने संक्रमितको संख्या बढ्दो छ । यसरी कोरोना संक्रमण कम हुनुमा कोरोना विरुद्धको खोप एक महत्वपूर्ण कारण भएको विज्ञहरु बताउँछन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालमा कोरोना विरुद्धको खोप लगाएका कारण पनि संक्रमण दर कम भएको हो । उनले केही समय अघि मात्र गरिएको एक अध्ययन अनुसार पनि ६८ प्रतिशत भन्दा बढी जनसंख्यामा कोरोना विरुद्धको एन्टीबडी बनेको पाइएकाले पनि यसका कारण कोरोना घटेको अनुमान गर्न सकिने बताए ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म ८३ लाख ८८ हजार ४०२ जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन्। यसैगरी ६४ लाख ६९ हजार १५९ जनाले पूर्ण मात्रा खोप लगाएका छन्। यसलाई प्रतिशतमा हेर्ने हो भने अहिलेसम्म ३८ दशमलब ६ प्रतिशतले पहिलो मात्रा र २९ दशमलब ७ प्रतिशत जनसंख्याले पूर्ण खोप लिएको पाइन्छ ।
नेपालमा हालसम्म भेरोसेल, कोभिशिल्ड, जोन्सन एण्ड जोन्सन खोप प्रयोगमा आएका छन्। यी सबै खोप १८ वर्ष माथिका उमेर समूहलाई मात्र दिन मिल्ने खालका हुन्। अब भने १२ देखि १८ वर्ष उमेर समूहकालाई पनि दिन मिल्ने फाइजर र मोडर्ना खोप ल्याउने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित