थप २७२ जनामा कोरोना संक्रमण, ७७७ जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २७२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ७१२ जनाको नमुना परीक्षण गरिएकोमा २७२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार २७७ पुगेको छ । उता यहीवीच आज ७७७ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
हाल देशभर १३ हजार ३०८ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये १२ हजार २५० जना होम आइसोलेसनमा र १ हजार ५८ जना संस्थागत आइसोलेसनमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण