यी रोग छन्, मासु कम खानुस्
हेल्थ टिभी अनलाइन \काठमाडौं : दशैं भन्ने वित्तिकै मासु खाने चाडको रुपमा पनि हेर्ने गरिन्छ । घर घरमा मार हान्ने चलन भएकाले पनि दशैंमा मासुको विशेष महत्व रहन्छ । साथै यो बेलामा रातो मासुको प्रयोग बढी हुने गर्छ । मासु स्वास्थ्यका लागि राम्रो मानिए पनि यसको सेवन सबैले समान रुपमा गर्न भने नमिल्न सक्छ । अझ भनुँ केही रोगहरुमा सकेसम्म रातो मासुको सेवनबाट टाढै रहेको राम्रो मानिन्छ ।
उच्च रक्तचाप
उच्च रक्तचापको समस्या भएकाहरूले खानपानमा विशेष ध्यान दिनुपर्छ। उच्च रक्तचापको समस्या हुनेले सकेसम्म खसी तथा राँगाको मासु नखाँदा राम्रो हुन्छ। यस्तै, चिल्लो र बोसो भएको मासु सकेसम्म नखानु बेस हुन्छ। रक्तचापको समस्या हुनेले सकेसम्म सेतो मासु अर्थात कुखुरा तथा माछा खानु राम्रो हुन्छ।
ग्यास्ट्रिक
ग्यास्ट्रिकको समस्या हुनेहरूले मासु तथा अन्य खानेकुराको परिकार खाँदा विशेष ध्यान दिनुपर्छ। ग्यास्ट्रिकको समस्या हुनेहरूले सकेसम्म तेलमा तारेको तथा धेरै मसला हालेर बनाइएको र मसलादार मासु नखाँदा राम्रो हुन्छ। यसले ग्याँसको समस्या बढाउँछ । बढीभन्दा बढी फलफूल र हरियो सागसब्जी खानुपर्छ।
मुटुसम्बन्धी समस्या
कोलेस्ट्रोल र मुटुसम्बन्धी समस्या हुनेले रातो मासु खानु राम्रो हुँदैन। यस्ता समस्या हुनेले फलफूल तथा हरियो सागसब्जी खानु बेस हुन्छ। यस्ता बिरामीले बढी मसालेदार रातो मासु खाँदा समस्या अझ बढी बल्झिन सक्छ ।
मधुमेह
मधुमेहका रोगीले पनि भरसक रातो मासु नखाँदा नै राम्रो। मासुबाहेक दाल, गेडागुडी, पनिर, दूध, दही, आदि खाँदा राम्रो हुन्छ । मासु खानै परेमा एक दुई टुक्रा कम नुन चिल्लो हालेर पकाएको खान सकिन्छ ।
युरिक एसिड
युरिक एसिडको समस्या हुनेहरूले पनि मासु कम खाएको राम्रो हुन्छ। मासुमा धेरै प्रोटिन हुने हुँदा यसले शरीरमा युरिक एसिड बढाएर जोर्नीहरू दुख्ने भएकाले यस्ता समस्या भएकाले पनि मासु खाँदा ध्यान दिनुपर्छ ।
पित्तथैली तथा मिर्गौलासम्बन्धी बिरामी
यी समस्या भएकाहरूले पनि मासु कम खानु राम्रो हुन्छ। यी बिरामीहरूले सकेसम्म फलफूल तथा सलाद खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित