५ हजार ५९४ नमुना परीक्षण गर्दा ३६५ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५९४ जनाको नमुना परीक्षण गरिएकोमा ३६५ जनामा कोरोना पुष्टि भएको हो । आज पुष्टि भएको संक्रमितको संख्या कोरोनाको दोस्रो लहरपछिको सबैभन्दा कम हो ।
यसैगरी आज ४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २६१ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ६०९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। आज २ हजार २७५ जनाले कोरोना विरुद्धको खोप लिएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार २६७ रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण