थप ७९२ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६१९ जनाको नमुना परीक्षण गरिएकोमा ७९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी आज १४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २५७ पुगेको छ । उता आज ९१० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ रहेको छ । यीमध्ये ३०६ जना आइसीयूमा र १०२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जारी गरको विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९६ दशमलब ८ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण