तिलगंगा आँखा प्रतिष्ठानको दोलखा र सोलुखुम्बुमा आँखा शिविर, झण्डै ३ हजारले लिए सेवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व दृष्टि दिवस २०७८ को अवसर पारेर तिलगंगा आँखा प्रतिष्ठानले सोलुखुम्बु र दोलखामा नि: शुल्क आँखा शिविरको आयोजना गरेको छ ।
सोलुखुम्बुको खुम्बु क्षेत्रको लुक्ला, नाम्चे, थामे र खुन्देमा गरिएको आँखा शिविरमा ९२७ जनाको निः शुल्क आँखा जाँच गरी चश्मा तथा औषधी वितरण गरिएको प्रतिष्ठानले जनाएको छ । सो शिविरबाट छानिएका २९ जनाको आँखाको मोतिविन्दुकोे खुन्दे अस्पतालमा शल्यक्रिया गरिएको थियो । त्यसैगरी दोलखाको विभिन्न ठाँउमा आयोजित आँखा शिविरमा १६ सय १६ जनाको आँखा जाँच गरिएकोमा दोलखा लायन्स आँखा केन्द्रमा १६३ जनाको आँखाको मोतिविन्दुको शल्यक्रिया गरिएको पनि प्रतिष्ठानले जानकारी दिएको छ ।

प्रतिष्ठानले आफ्ना शाखाहरु हेटौडा सामूदायिक आँखा अस्पताल लगायत १७ जिल्लामा रहेका सामुदायिक आँखा केन्दमा, अस्पताल तथा आँखा केन्द्र केन्द्रित कार्यक्रम संचालन गरिरहेको छ । आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म पुराई यसलाई अझ प्रभावकारी बनाउनका लागि प्रतिष्ठानले नियमित रुपमा यस्ता नि: शुल्क शिविरहरुको आयोजना गर्दै आएको छ ।
अमूल्य आँखा जोगाउनका लागि विद्यालय जानु अघि बालबालिकाको आँखा अनिवार्य जँचाउन, ४० वर्षको उमेर काटेपछी नियमित आँखाको जाँच गर्न, भिटामिन ए युक्त तथा पौष्टिक खानेकुरा खान, आँखालाई सुरक्षित र सफा राख्न र आँखामा चोटपटकबाट लागेमा वा केही समस्या भएमा तुरुन्त आँखा अस्पताल वा आँखा केन्द्रमा जना प्रतिष्ठाले आग्रह गरेको छ ।
उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर चेतना फैलाउनका लागि १४ अक्टोवरमा विश्व दृष्टि दिवस मनाइँदैछ । यस वर्षको नारा ‘आँखालाई माया गरौं ‘रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण