Health TV Online
Health TV Online
Health TV Online

कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा : स्वास्थ्य मन्त्रालय

कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा : स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा देखिएको झाडापखालाको  प्रकोप हाल नियन्त्रणमा आएको जनाएको छ।

असोज १८ गतेदेखि यी क्षेत्रमा फैलिएको भाडापखाला नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, विश्व स्वास्थ्य संगठन लगायतका विभिन्न संघ संस्थाहरु लागिरहेको मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडलले जनाए ।

कुल ६८८ जनामा लक्षण देखिएकोमा ६३१ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेको र अन्यको उपचार भइरहेको जनाइएको छ । झाडापखाला कसरी समूदायमा फैलियो भन्ने विषयमा अनुसन्धान भइरहेको र प्रारम्भिक रुपमा गरिएको अध्ययन अनुसार पानीको स्रोतमा समस्या देखिएको जसमा दिसामा देखिने जिवाणु भेटिएको प्रवक्ता डा पौडेलले जनाएका छन्। उनले विस्तृत अध्ययन भने अझै हुन बाँकी रहेको जानकारी दिए ।

मन्त्रालयले पानी उमालेर वा निर्मलीकरण गरेर मात्र पिउन, दिसापिसाब गरेपछि र खाना खानुअघि साथै खाना बनाउनुअघि अनिवार्य रुपमा साबुन पानीले हात धुन आग्रह गरेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार