देशभर ६० प्रतिशतले घटे कोरोना संक्रमित, २४ घण्टामा ५९६ जनामा संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमित एक महिनामा ६० प्रतिशतले घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भदौको पहिलो साताबाट असोज पहिलो सातासम्म आइपुग्दा कोरोना संक्रमण ६० प्रतिशतले कम भएको जनाएको छ ।
भदौको पहिलो सातामा सक्रिय संक्रमितको संख्या ४० हजार भन्दा बढी थियो भने असोजको पहिलो सातासम्म आइपुग्दा सक्रिय संक्रमित घटेर १५ हजारको हाराहारीमा पुगेको छ । यसैगरी गत २४ घण्टामा जम्मा ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
उता गत २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २३१ पुगेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण