थप ७६४ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ६८८ जनाको नमुना परीक्षण गर्दा ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यहीवीच १ हजार ३३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यसैगरी आज १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २१० पुगेको छ ।
हाल देशभर १५ हजार ६१४ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। यीमध्ये १४ हजार ४६१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५३ जना संस्थागत आइसोलेसनमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण