नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको छ ।
गत २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १ दशमलब ४ प्रतिशत रहेको छ । उता पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ६७२ जनाको नमुना परीक्षण गर्दा ८०५ जनामा कोरोना पुष्टि भएको हो ।
यहीवीच ९११ जना कोरोना जितेर निको भएका छन्। हाल देशभर १५ हजार ९४२ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ३२९ जना आइसीयूमा र ११२ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण