जनगणनामा मातृ मृत्युलाई नछुटाउन विज्ञहरुको आग्रह
हेल्थ टिभी अनलाइन \जनकपुर : यसपटकको जनगणनामा मातृ मृत्यु अध्ययन गरिने भएकाले आफ्नो घर परिवारमा भएका मातृ मृत्युलाई कसैले पनि नछुटाई विवरण लेखाउनु हुन विज्ञहरुले आग्रह गरेका छन्। बुधबार प्रदेश २ को राजधानी जनकपुरमा केन्द्रीय तथ्यांक विभागसँगको सहकार्य र यूएनएफपीए तथा यूके एडको सहयोगमा मिडिया एक्सन नेपालद्वारा आयोजित जनगणनासम्बन्धी मिडिया सचेतना कार्यक्रममा विज्ञहरुले यसटकको जनगणना मार्फत मातृ मृत्युको वृहत अध्ययन गरिने भएकाले सबैले सही विवरण बुझाएर सहयोग गरिदिन आग्रह गरेका हुन्।
कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका निर्देशक केशब कुमार गौतमले यसपटकको जनगणना मार्फत स्वास्थ्यका मातृ मृत्यु लगायतका विविध पक्षहरुको अध्ययन गरिने भएकाले जनगणनामा आउने गणक तथा सुपरिवेक्षकलाई सही विवरण दिएर सहयोग गरिदिन आग्रह गरे । उनले जनगणनालाई सफल पार्नका लागि जनमानसमा यसको महत्वकोबारेमा जानकारी गराउने काममा पत्रकारको महत्वपूर्ण र्भमिका रहने भन्दै सही जानकारी सबैमा पुर्याइदिन आग्रह समेत गरे ।

कार्यक्रममा यूनएफपीएका काशीराज पोखरेलले जनचगणना राष्ट्रिय दस्तावेज भएकाले यसलाई सबै मिलेर सफल पार्नुपर्नेमा जोड दिएका थिए । यसैगरी मिडिया सचेतना कार्यक्रमका मुख्य प्रशिक्षक लक्ष्मणदत्त पन्तले मिडियाले जनगणनाका विविधि पक्षहरुलाई समेटेर समाचार सम्प्रेषण गर्नुपर्ने र यसका कमी कमजोरीकावारेमा पनि सम्बन्धित निकायलाई सचेत गराउनुपर्नेमा जोड दिए । उनले जनगणनाबाट आउने परिणामका आधारमा नै देशको नीति तथा योजना बन्ने हुँदा यसमा पत्रकारले पनि संवेदनशिल भएर रिपोर्टिङ गर्नुपर्ने जनाए ।

एक दिने मिडिया सचेतना कार्यक्रममा प्रदेश २ का ७ जिल्लाका २५ जना पत्रकाहरुको सहभागिता रहेको थियो ।
सरकारले हरेक दश वर्षमा गर्दै आएको राष्ट्रिय जनगणना यसपटक यही कार्तिक २५ देखि मंसीर ९ गतेसम्म हुुँदैछ। यसअघि पहिलो चरणमा भदौ ३० देखि असोज १८ गतेसम्म घर परिवार सूचीकरण गर्ने कार्य सम्पन्न भइसकेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित