दशैं लगत्तै बालबालिकाले कोरोना विरुद्धको खोप पाउनेछन् : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैं लगत्तै १८ वर्ष मूनिका बालबालिकाको लागि कोरोना विरुद्धको खोप दिइने बताएका छन्।
आइतबार कान्ति बाल अस्पतालको एक कार्यक्रममा पुगेका राज्यमन्त्री श्रेष्ठले बालबालिकाले अब छिटै नै कोरोना खोप पाउने प्रतिवद्धता जनाएका हु्न्। उनले कार्यक्रममा बोल्दै बालबालिकालाई लक्षित गरेर १ करोड फाइजर र मोडर्ना खोप खरिदको सुनिश्चितता भइसकेको भन्दै दशैं लगत्तै एक लाख डोज फाइजर खोप आउने र माघ- फागुणसम्म सबै खोप आएर बालबालिकालाई दिइसक्ने जनाए ।
उनले सरकारले कोरोना खोपलाई उच्च प्राथमिकतामा राखेकाले कोही पनि खोपबाट वञ्चिन हुन नपर्ने गरी व्यवस्थापन र तयारी गरिरहेको समेत जानकारी दिए ।
मन्त्री श्रेष्ठले ४० लाख मोर्डना र ६० लाख फाइजर खोप आउन लागेको जिकीर गरे । अहिलेसम्म नेपालमा १८ वर्ष माथिकालाई मात्र प्रयोग गर्न मिल्ने खोप मात्र आएका थिए । जसका कारण १८ वर्षमा बालबालिकाले कोरोना खोप लिन पाएका छैनन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण