Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

झण्डै ३० प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप

झण्डै ३० प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोरोना विरुद्धको पूर्ण खोप लगाउनेको संख्या ३० प्रतिशतको हाराहारीमा पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म देशभर २९ दशमलब २ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्। यसैगरी ३५ दशमलब ४ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन्। खोप अभियान अहिले पनि जारी छ । सरकारले असोस मसान्तसम्म एक तिहाई लक्षित जनसंख्यामा कोरोना विरुद्धको खोप दिइने बताउँदै आएको छ । यसैगरी यो वर्षको अन्तसम्मा सबै नागरिकलाई खोप दिन सरकारले प्रयास गरिरहेको समेत बताइएको छ ।

नेपालमा हाल तीन प्रकारको खोपहरु प्रयोगमा रहेका छन्। कोभिशिल्ड, जोन्सन एण्ड जोन्सन र भेरोसेल । अब भने १२ वर्ष माथिका बालबालिकालाई समेत दिन मिल्ने फाइजर र मोडर्ना खोप ल्याउन लागिएको छ । अहिले सम्म प्रयोग भएका सबै खोप १८ वर्ष माथिका उमेर समूहलाई मात्र दिन मिल्ने खोप हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार