Health TV Online
Health TV Online
Health TV Online

देशभर १८ हजार सक्रिय संक्रमित, ४७० जना आइसीयू र भेन्टिलेटरमा

देशभर १८ हजार सक्रिय संक्रमित, ४७० जना आइसीयू र भेन्टिलेटरमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : अहिले देशभर १८ हजार सक्रिय कोरोना संक्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्। उनीहरुमध्ये १६ हजार ८८१ जना होम आइसोलेसनमा र १२ सय ३४ जना संस्थागत आइसोलेसनमा रहेका छन्। सक्रिय संक्रमितमध्ये ३५४ जना आइसीयूमा र ११६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमण दर कम हुँदै गएपछि सक्रिय कोरोना संक्रमितको संख्या पनि कम हुँदै गएको छ ।

नेपालमा हालसम्म ८ लाख ८७ हजार ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ लाख ६६ हजार ६९६ जना निको भएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९६ दशमलब ३ प्रतिशत रहेको छ । हालसम्म ११ हजार १४८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार