Health TV Online
Health TV Online
Health TV Online

स्टार अस्पताल र खुशी खुशी बचत तथा सहकारी संस्थावीच सम्झौता, उपचार खर्चमा छुट

स्टार अस्पताल र खुशी खुशी बचत तथा सहकारी संस्थावीच सम्झौता, उपचार खर्चमा छुट

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको सानेपामा रहेको स्टार अस्पताल तथा खुशी खुशी बचत तथा सहकारी लिमिटेडवीच सहकार्य गर्ने सम्झौता भएको छ ।

बिहिबार स्टार अस्पतालका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र खुशी खुशी सहकारीका तर्फबाट संस्थाका अध्यक्ष बटुकृष्ण थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। उक्त सम्झौता अनुरुप स्टार अस्पतालले खुशी खुशी बचत तथा सहकारी संस्थाका कर्मचारी, शेयरधनी तथा सदस्यहरुलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्नेछ र सहकारीका सेयरधनी सदस्यहरुलाई सहुलियत दरमा हेल्थ प्याकेज सेवा उपलब्ध गराउने छ ।

छुट सुविधा प्राप्त गर्न सहकारी संस्थाका सदस्यहरुले संस्थाको परिचय पत्र देखाउनुपर्नेछ । अस्पतालले सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थासँग निरन्तर सहकार्य गर्दै आइरहेको अस्पतालका चिफ अपरेटिङ अफिसर डा सन्देश जिसीले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार