काठमाडौं उपत्यकामा ७३ प्रतिशतले लगाए कोरोना विरुद्धको पूर्ण खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा ७३ प्रतिशतभन्दा बढीले कोरोना विरुद्धको पूर्ण खोप पाएका छन्। उपत्यकामा खोप लगाउने वर्गका २१ लाख २९ हजार ७७३ जनामध्ये १५ लाख ६२ हजार ७३४ जनाले कोरोना विरुद्धको खोप पाइसकेका छन्।
यसलाई प्रतिशतमा हेर्दा ७३ प्रतिशत हुन आउँछ । उता पहिलो डोज खोप ७६ प्रतिशत नागरिकले पाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १६ लाख २२ हजार ४४१ जनाले पहिलो डोज पाएका छन्।
मन्त्रालयका अनुसार उपत्यकामध्येका भक्तपुर जिल्लामा ७५ प्रतिशतले पूर्ण खोप पाएका छन् भने ललितपुरका ६९ प्रतिशतले पूर्ण खोप पाएका छन्। काठमाडौं जिल्लाका ७४ प्रतिशत नागरिकले कोरोनाको पूर्ण खोप पाएका छन्।
देशभरको तथ्यांक हेर्दा असोज १३ गतेसम्म ३३ दशमलब २ प्रतिशत नागरिकले कोरोनाको पहिलो डोज र २८ दशमलब ७ प्रतिशतले पूर्ण खोप पाएको पाइन्छ । सरकारले यो वर्षको अन्त्यसम्ममा सबै नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण