Health TV Online
Health TV Online
Health TV Online

यी हुन् ५ सय बढी सक्रिय संक्रमित भएका ९ जिल्ला

यी हुन् ५ सय बढी सक्रिय संक्रमित भएका ९ जिल्ला

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोरोना संक्रमण दर कम हुँदै गएको छ । कोरोना संक्रमितको संख्या कम हुँदै जाँदा सक्रिय संक्रमित पनि घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल ९ जिल्लामा मात्र ५ सय बढी सक्रिय संक्रमित रहेका छन्। ती जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, मोरङ, सुनसरी, झापा, कास्की रुपन्देही रहेका छन्।

यसैगरी १९ जिल्लामा २ बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सप्तरी, सिरहा, धनुषा, कैलाली, बाँके, चितवन, नुवाकोट, सुर्खेत लगायतका जिल्लामा २ सय बढी सक्रिय संक्रमित रहेको छन्।

नेपालमा औषतमा कोरोना संक्रमण दर १८ दशमलब ९ प्रतिशत रहेको छ । तर केही साता यता यो दर क्रमस घट्दै गएको पाइन्छ । हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार