२४ घण्टामा ११५७ संक्रमित थपिए, ८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार १५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ५४१ नमुना परीक्षण गर्दा ११ सय ५७ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२३ पुगेको छ । उता यहीवीच ११ सय १३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हाल देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ३५४ जना आइसीयूमा र ९९ जना भेन्टिलेटरमा उपचाररत छन्।
२४४ जना क्वोन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ लाख ८६ हजार १४५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण