Health TV Online
Health TV Online
Health TV Online

१४ हजार नमुना परीक्षण गर्दा १ हजार १५८ जनामा देखियो कोरोना संक्रमण

१४ हजार नमुना परीक्षण गर्दा १ हजार १५८ जनामा देखियो कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ३ वटा नमुना परीक्षण गर्दा १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ११५ पुगेको छ ।

उता यहीवीच १३ सय १८ जना भने संक्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार ४२२ रहेको छ । यीमध्ये ३६४ जनाको आइसीयूमा र १२० जनाको भेन्टिलेटरमा उपचार भइरहेकाे छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ लाख ८ हजार ९० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार