कुकुरले टोकेमा के गर्ने ? के नगर्ने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : कुकुर वा जंगली जनावरले टोकेमा रेविज रोग सर्न सक्छ । यस्ता जनावरले टोकेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा थई स्वास्थ्यकर्मीको सल्लाह बमोजिम रेविज विरुद्धको खोप लगाउनु पर्छ ।
रेविज रोगको उपचार नभए पनि समयमै खोप लगाए सजिलै बच्न सकिन्छ । घरमा पालिएका कुकुर तथा बिरालोलाई पशु स्वास्थ्यकर्मीको सल्लाह बमोजिम नियमित रुपमा रेविज विरुद्धको खोप लगाइदिऔं । सडकमा छाडिएका कुकुरलाई पालिका, समाज वा व्यक्तिगत पहलमै भए पनि रेविज विरुद्धको खोप लगाइदिऔं । प्राणघातक रेविजको रोगबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं । रेविज विरुद्धको खोप नेपाल सरकारको प्राथमिक स्वास्थ्य केन्द्रसम्मका स्वास्थ्य संस्थाहरुमा नि शुल्क उपलब्ध गराइएको छ ।
कुकुरले टोकेमा के गर्ने ?
-कुकुरले टोक्ने बित्तिकै टोकेको ठाउँमा १५ मिनेटसम्म साबुन पानीले धुने
-कुकुरले टोकेपछि नजिकैको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीसँग सल्लाह गरी रेविज विरुद्धको खोप लगाउने
-आफना घरमा पालेका जनावरलाई अनिवार्य रुपमा रेविज विरुद्धको खोप लगाउने
कुकुरले टोक्दा आफनै घरको हो वा छिमेकीकै हो केही हुँदैन भनेर लापरवाही गर्ने गर्नु हुँदैन । यो प्राणघातक रोग भए पनि समयमै खोप लगाएमा यसबाट बच्न सकिन्छ । रेविज विरुद्धको खोप सरकारी स्वास्थ्य संस्थाहरुमा नि: शुल्क पाइन्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण