Health TV Online
Health TV Online
Health TV Online

प्रयोगशाला सेवामा फड्को मार्दै नेपाल : सुरु भयो कोरोना भाइरसको ‘जिन सिक्वेन्सिङ’

प्रयोगशाला सेवामा फड्को मार्दै नेपाल : सुरु भयो कोरोना भाइरसको ‘जिन सिक्वेन्सिङ’

हेल्थ टिभी अनलाइन \काठमाडौं :  नेपालमा पनि सरकारी प्रयोगशालामा कोरोना भाइरसको जिन सिक्वन्सिङ गर्न सुरु गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाले नेपालमै सरकारी स्तरमा जिन सिक्वेन्सिङ सुरु गर्न सकिएको भन्दै यसमा सहयोग पुराउने संस्थालाई धन्यवाद दिंदै सूचना जारी गरेकी छिन्।

उनका अनुसार त्रिवि जैविक प्रविधि केन्द्रीय विभागमा १६ वटा र राष्ट्रिय जनास्वास्थ्य प्रयोगशालामा २६ वटा नमुना गरी ४२ वता नमुनाको जिन सिक्वेन्सिङ गरिएको छ । जसमध्ये ४१ वटा नमुनाहरु भाद्र र असोजमा संकलन भएका छन् । यी सबैमा डेल्टा भेरियन्ट देखिएको छ । वैशाखको एउटा एस जीन नेगेटिभ भएको नमुनामा अल्फा भेरियन्ट देखिएको छ ।

यो सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाई प्राविधिक सहयोग एफएचआई ३६०, नेपालस्थित विश्व स्वास्थ्य संगठनले गरेका हुन् भने त्रिवि जैविक प्रविधि केन्द्रीय विभागलाई वासिङ्टन विश्वविद्यालयले सहयोग गरेको हो । यसअघि  यो सेवा यहाँ नहुँदा जिन सिक्वेन्सिङका लागि भारत पठाउने गरिन्थ्यो । अब भने यो बाध्यता हटेको छ ।

नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण पत्ता लगाउन पनि यहाँ प्रविधि नभएर बाहिर पठाइएको थियो । तर पछि बिस्तारै यसको महत्वलाई बुझेर सरकारले सातै प्रदेशमा कोरोना भाइरस संक्रमण पत्ता लगाउन आरटीपीसीआर ल्याब स्थापना गरेको थियो । अहिले सातै प्रदेशका सरकारी स्तरका ५८ वटा र निजी स्तरका ४१ गरी ९९ वटा प्रयोगशालाबाट कोरोना भाइरसको पीसीआर परीक्षण भइरहेको छ ।

जिन सिक्वेन्सिङबाट कोरोना भाइरस कस्तो प्रकारको हो र यसको बनावटका बारेमा पत्ता लाग्छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार