काठमाडौंमा आजदेखि एष्ट्राजेनेका खोपको पहिलो मात्रा दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा आजदेखि कोरोना विरुद्धको एष्ट्राजेनेका खोपको पहिलो मात्रा दिन लागिएको छ ।
काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै ३२ वटै वडाका खोप केन्द्रमा गएर एष्ट्राजेनेका खोपको पहिलो मात्रा लगाउन सकिने जनाएको छ । सो सूचना अनुसार १८ वर्ष माथिका जसले खोप लगाउन छुटाएका छन् उनीहरु सबैलाई खोप दिइनेछ ।
खोपका लागि ३२ वटै वडा कार्यालय तथा ७ वटा अस्पताल तोकिएको छ । नेपाल प्रहरी अस्पताल, शसस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती अस्पताल र विरेन्द्र सैनिक अस्पताललाई खोप केन्द्र तोकिएको छ । यी केन्द्रमा आफनो परिचय र जन्म मिति खुल्ने कार्ड लिएर बिहान १० देखि ४ बजेसम्म गएर खोप लगाउन सकिने महानगरले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण