Health TV Online
Health TV Online
Health TV Online

थप ८३४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

थप ८३४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ७३६ जनाको नमुना परीक्षण गर्दा ८३४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६ रहेको छ । यहीवीच १२ सय ७९ जना संक्रमित भने निको भएर डिस्चार्ज भएका छन्।

हाल देशभर १९ हजार १४२ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। उनीहरुमध्ये ३६८ जना आइसीयूमा र १२० जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेदर ९६ दशमलब २ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट निको हुनेदर ९६ दशमलब २ प्रतिशत रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार