Health TV Online
Health TV Online
Health TV Online

बाह्रौं तहका स्वास्थ्य कर्मचारीको बढुवा प्रक्रिया अघि बढ्यो

बाह्रौं तहका स्वास्थ्य कर्मचारीको बढुवा प्रक्रिया अघि बढ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवाको बाह्रौं तहमा बढुवा गर्नका लागि १५ दिने सूचना जारी गरेको छ।

मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै असार मसान्तसम्म न्यूनतम ५ वर्ष सेवा अवधी पूरा गरेका ११ औँ तहका अधिकृत कर्मचारीले बढुवासम्बन्धी विवरण मन्त्रालयमा १५ दिनभित्र दर्ता गराउन आग्रह गरेको छ ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘बढुवा समितिको यही असोज ८ गतेको निर्णय अनुसार नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तहको रिक्त पद (तीन) मा नेपाल स्वास्थय सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्य सम्पादन क्षमताको आधारमा बढुवा गर्नुपर्ने भएकोले २०७८ असार मसान्तसम्म न्युनतम ५ वर्ष सेवा अवधी पूरा भएका एघारौँ तहका कर्मचारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेभसाइटमा रहेको बढुवासम्बन्धी व्यक्तिगत विवरण फारम डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई सूचना प्रकाशन भएको १५ दिनभित्र मन्त्रालयको प्रशासन शाखामा दर्ता गराउन आग्रह गरिन्छ ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार