Health TV Online
Health TV Online
Health TV Online

आज देशभर १३ जना कोरोना संक्रमितको मृत्यु, १२३९ जनामा संक्रमण पुष्टि

आज देशभर १३ जना कोरोना संक्रमितको मृत्यु, १२३९ जनामा संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसैगरी यहीवीच १२ सय ३९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज मृत्यु भएकासहित गरी देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ७२ पुगेको छ । उता गत २४ घण्टामा १३ सय २४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३८ हजार ३८५ जना संक्रमित निको भएका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने लर ९६ प्रतिशत रहेकोछ । हाल देशभर २० हजार ७४३ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। उनीहरूमध्ये ३४० जना आइसीयूमा र १११ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार