Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिममा क्यान्सर अस्पताल खोल्दै दुर्गा प्रसाई

सुदूरपश्चिममा क्यान्सर अस्पताल खोल्दै दुर्गा प्रसाई

हेल्थ टिभी अनलाइन \काठमाडौं : झापास्थित बी एण्ड सी अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालमा सञ्चालक तथा व्यवसायी दुर्गा प्रसाईले सुदूरपश्चिममा क्यान्सर अस्पताल खोल्ने घोषणा गरेका छन्।

प्रसाईले धनगढीमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएका हुन्। पूर्वाञ्चलमा अत्याधुनिक सेवा सुविधा सहितको क्यान्सर अस्पताल स्थापना गरेका उनले सुदूरपश्चिमका नागरिकलाई क्यान्सर उपचार गर्नका लागि कि काठमाडौं कि चितवन जानुपर्ने बाध्यता रहेको कुरालाई मध्यनजर गर्दै सो स्थानमा क्यान्सर अस्पतालको सम्भावना अध्ययन गरिरहेको जनाए ।

उनले धनगढीमा अस्पतालका लागि उपयुक्त हुने जग्गा तथा उपयुक्त स्थानको खोजी गरिरहेको समेत जिकीर गरे ।

कार्यक्रममा व्यवसायी प्रसाईले सुदूरपश्चिमका बिरामीलाई बीएण्डसी अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालमा विशेष छुटको घोषणा गर्दै उपचारका लागि काठमाडौं नै जानुपर्छ भन्ने मानसिकता बदलेर झापा आउन पनि आग्रह गरेका थिए ।

उनले वातावरण अनुकुल भएमा र सबैको सदभाव र सहयोग रहेमा सुदूरपश्चिममा छिट्टै अस्पताल स्थापना गर्न सफल हुने जानकारी दिए । पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर निदान तथा उपचारको सम्पूर्ण सेवा उपलब्ध भएका कारण पनि अस्पतालमा काठमाडौ लगायतका अन्य जिल्लाहरुबाट रिफर भएर बिरामी उपचारका लागि जाने गरेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार