भारतले अक्टोबर महिनाबाट कोभिड विरुद्धको खोपको निर्यात सुरु गर्ने
हेल्थ टिभी अनलाइन : भारतले अक्टोबर महिनाबाट कोरोना विरुद्धको खोप निर्यात गर्ने जनाएको छ । भारतले अक्टोबरमा स्वदेशी खपतका लागि ३० करोड मात्राभन्दा बढी खोप उत्पादन गर्ने अनुमान गरिएको छ ।
भारतले अक्टोबर महिनाबाट कोभिड विरुद्धका खोप अन्य देशमा निर्यात गर्न फेरि सुरु गर्ने त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्।
देशभित्रै कोरोना भाइरसको महामारी व्यापक फैलिएपछि भारतले गत अप्रिल महिनामा खोप निर्यात रोकेको थियो। जसका कारण नेपालले खरिद गरेको १० लाख डोज समेत आएको थिएन ।
विश्वकै सबभन्दा ठूलो खोप निर्मातामध्ये पर्ने भारतले कोभिड खोप निकासीमा रोक लगाएपछि विश्वभरि नै खासगरि विकासोन्मुख देशहरूलाई असर परेको थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित