आजदेखि देशव्यापी रुपमा कोरोना विरुद्धको भेरोसेल खोप दिइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले आजदेखि असोज १४ गतेसम्म देशव्यापी रुपमा कोरोना विरुद्धको खोप अभियान सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै यसअघि खोप लगाउन छुटेका १८ वर्ष माथिका उमेर समूहलाई विभिन्न क्याटागोरीमा बाँड्दै खोप अभियान सुरु गरेको छ । पहिलो मात्रा खोप लगाउन आजदेखि सुरु गरेर असोज १४ गतेसम्म जारी रहने र दोस्रो मात्रा कार्तिक ४ गतेदेखि कार्तिक १४ गतेसम्म लगाइने पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार ताप्लेजुङ,संखुवासभा, सोलुखुम्बु, रसुवा,जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र दार्चुलामा १८ वर्ष माथिका सबैलाई खोप दिइनेछ । यसैगरी काभ्रे र चितवनमा ३५ वर्ष माथिका खोप लगाउन छुटेका सबै नागरिक र १८ वर्ष माथिका सबै विद्यार्थीमा खोप दिइने छ । उता काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही, र अछाममा ४० वर्ष माथिका सबै नागरिकलाई खोप दिइने जनाइएको छ । मनाङ, मुस्ताङ र रुकुम पूर्व बाहेकका ५५ जिल्लामा ४५ वर्ष माथिका सबै नागरिकलाई खोप दिइने जनाइएको छ ।
सरकारले चीन सरकारसँग खरिद गरेको ४४ लाख डोज खोप प्राप्त भए लगत्तै यो खोप अभियान तय गरिएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण