२४ घण्टामा ७३४ संक्रमित थपिए, १४१३ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ७३४ जना नयाँ संक्रमति थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार १३ जनाको नमुना परीक्षण गरेकोमा ७ सय ३४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार ४० पुगेको छ ।
उता यहीवीच नयाँ संक्रमित भन्दा दोब्बर १४ सय १३ जना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
हाल २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ३९० जनाको आइसीयूमा र ११७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण