शनिबार १०६६ नयाँ संक्रमित थपिए, १६ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : शनिबार देशभर १ हजार ६६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ३८५ जनाको नमुना परीक्षण गरिएकोमा १ हजार ६६ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ११ हजार २८ पुगेको छ ।
उता यहीवीच १२ सय ३४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हाल देशभर २५ हजार ८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यीमध्ये ३८९ जना आइसीयूमा र १२१ जना भेन्टिेलेटरमा रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९५ दशमलब ४ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण