Health TV Online
Health TV Online
Health TV Online

चीनबाट एकै दिन आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

चीनबाट एकै दिन आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

हेल्थ टिभी अनलाइन \काठमाडौं : चीनबाट आज एकैदिन कोरोना विरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ ।

सरकारले चीनसँग खरिद गरेकोमध्ये ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल  खोप आज नेपाल आइपुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार दिउँसो नेपाल एयरलाइन्सको उडानमार्फत उक्त खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । सरकाले खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज यसअघि नै दुई लटमा गरी ल्याइसकिएको छ ।

याे खाेप अब  प्राथमिकता समूह तय गरी लगाउन सुरु गरिने पनि मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार