Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा ज्ञवाली ‘विपद न्यूनीकरण अवार्ड’ बाट सम्मानित

स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा ज्ञवाली ‘विपद न्यूनीकरण अवार्ड’ बाट सम्मानित

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीलाई विपद न्यूनीकरण अवार्डबाट सम्मान गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित एक कार्यक्रममा डा ज्ञवालीलाई सो अवार्डबाट सम्मान गरेको हो ।

विपद जोखिम न्यूनीकरणमा अनुसन्धानको क्षेत्रबाट अतुलनीय योगदान पुराएको भन्दै डा ज्ञवालीलाई सो अवार्ड दिइएको हो । पुरस्कारको राशी २५ हजार र प्रमाणपत्र रहेको छ । उता दिवसको अवसरमा गरिएको कार्यक्रममा विभिन्न ६ विधामा पुरस्कार तथा अवार्ड दिइएको छ ।

विज्ञान पत्रकारिता अवार्ड मणि दाहाललाई दिइएको छ । यसैगरी एरोनोटिकल इन्जिनियरिङ अवार्डबाट दीपक प्रसाद बास्तोला, उदियमान प्रविधि अवार्डबाट डा आभाष मास्के, अन्तरिक्ष प्रविधि अवार्डबाट उदयराज खनाल, जैविक प्रविधि अवार्डबाट प्राडा प्रकाश घिमिरे पुरस्कृत भएका छन् ।

नेपालमा प्रत्येक वर्ष असोज १ मा विज्ञान दिवस मनाउने गरिएको छ । आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार