कोरोना पुष्टि हुनेमा २१ देखि ३० वर्षका बढी
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेमा २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार गत २४ घण्टामा १७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा सबैभन्दा धेरै ३३५ जना २१ देखि ३० वर्ष उमेर समूहका रहेका छन्।
त्यसपछि दोस्रो नम्बरमा ३१ देखि ४० वर्षका ३ सय जना रहेका छन्। उता ४१ देखि ५० वर्षमा २१७ जनामा कोरोना प्ुष्टि भएको छ । यसैगरी ५१ देखि ६० उमेर समूहका १६७ र ६१ देखि ७० वर्षमा ९२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । ७१ देखि ८० सम्ममा ५७ जना र ८० देखि माथिका उमेर समूहका २९ जनामा कोरोना पुष्टि भएको छ ।
बच्चाहरुको हकमा जन्मेदेखि १० वर्ष सम्मका ३३ र ११ देखि २० का १ सय जनामा कोरोना देखिएको मन्त्रालयको तथ्यांकमा उललेख छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण