Health TV Online
Health TV Online
Health TV Online

भारतमा ८० दिनदेखि लगातार दैनिक ५० हजारभन्दा कम संक्रमित फेला

भारतमा ८० दिनदेखि लगातार दैनिक ५० हजारभन्दा कम संक्रमित फेला

हेल्थ टिभी अनलाइन : कोरोना संक्रमणले आक्रान्त बनेको भारतमा ८० दिनदेखि कोरोनाका नयाँ संक्रमितमा कमी आएको छ । भारतीय स्वास्थ्य अधिकारीका अनुसार त्यहाँ ८० दिनदेखि दैनिक रुपमा ५० हजारभन्दा कम संक्रमित फेला पर्दै आएका छन्। पछिल्लो २४ घण्टामा भारतमा २७ हजार १७६ जना नयाँ संक्रमित फेला परेका छन् भने २८४ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म ३ करोड ३३ लाख १६ हजारभन्दा बढी व्यक्तिमा कोरोना पुष्टि भइसकेको बताइएको छ भने ४ लाख ४३ हजार ४९७ जनाको मृत्यु भएको छ । यसैगरी यीमध्ये ३ करोड २५ लाख २२ हजार जना संक्रमणमुक्त भइसकेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले साढे तीन लाखा भन्दा बढी सक्रिय संक्रमित आइसोलेसनमा रहेको बताइएको छ ।

भारतमा कोरोना विरुद्धको खोप अभियान पनि तीब्र रुपमा चलिरहेको छ । त्यहाँ हालसम्म ७५ करोड ८९ लाख १२ हजारभन्दा बढीलाई कोरोना विरुद्धको खोप दिइसकिएको छ ।

 

थप समाचार