स्वास्थ्यमा फेरी जिम्मेवारी हेरफेर, सूचना केन्द्रमा शर्मा र ट्रमा सेन्टरमा जोशी
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्यमा फेरी एकपटक जिम्मेवारी हेरफेर गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज राज्यमन्त्री स्तरीय निर्णय गर्दै राष्ट्रिय ट्रमा सेन्टरको निमित्त निर्देशकमा डा प्रमोद जोशी र स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रमा सुनिल शर्मालाई नियुक्त गरेका हुन्। यसैगरी सूचनाकी हालकी निर्देशक डा राधिका थपलियालाई स्वास्थ्य सेवा विभागमा सरुवा गरिएको छ ।
हरेक पटक स्वास्थ्यमन्त्री फेरिंदा स्वास्थ्यका विशेष गरी हाकिमहरु फेर्ने परिपाटी नै बनिसकेको छ । स्वास्थ्यमन्त्री श्रेष्ठले आफू आए लगत्तै स्वास्थ्य सेवा विभागका महानिर्देशक र कोभिड यूनिफाइड अस्पतालका हाकिमको जिम्मेवारी हेरफेर गरेका थिए भने स्वास्थ्यमा महत्वपूर्ण मानिने परिवार कल्याण महाशाखामा पनि जिम्मेवारी हेरफेर गरिसकिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण