Health TV Online
Health TV Online
Health TV Online

थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६३०

थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार ५३९ जनाको नमुना परीक्षण गर्दा १४ सय ८६ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज १६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोर।ेना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ९६५ पुगेको छ ।

उता गत २४ घण्टामा १द्द सय ६० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९१ हजार ८३० जनाले कोरोना विरुद्धको खोप लगाएका छन्। हाल देशभर २६ हजार ६३० जना सmित्रय संक्रमित रहेका छन्। उनीहरुमध्ये ४७५ जना आइसीयूमा र १३४ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार