चीनबाट यही साता थप ४४ लाख डाेज भेरोसेल खोप आउँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही साताभित्र चीनबाट थप ४४ लाख डोज खोप आइपुग्ने जनाएको छ । मन्त्रालयका सचिव डा रोशन पोखरेलले यो साताभित्रै सरकारले चीनसँग खरिद गरेकोमध्येको ४४ लाख डोज भेरोसेल खोप आइपुग्ने बताएका हुन्।
उनले आज मन्त्रालयमा स्वास्थ्य पत्रकारहरुसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्।
पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘यही १६ सेप्टेम्बरमा थप ४४ लाख डोज खोप ल्याउने कुरा छ, ढिलोमा शुक्रबारसम्म त उक्त खोप नेपाल आइपुग्छ । त्यसपछि प्राथमिकता तय गरेर खोप अभियान शुरु गर्नेछौं।’ उनले ४४ लाख डोज खोप सरकारले खरिद गरेको र थप ३ लाख डोज खोप नेपाल आर्माीका लागि भनेर छुट्टै आउने समेत जिकीर गरे ।
सरकारले पछिल्लाेपटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख डोज आइसकेको छ भने बाँकी ४४ लाख डोज खोप यो साता ल्याउन लागिएको हो । उक्त खोप सकेसम्म एक खेपमा र नभए पनि दुई खेपमा गरी सबै खोप शुक्रबारसम्म ल्याउने तयारी गरेको डा पोखरेलले जानकारी दिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण