घट्दै कोरोना संक्रमण : आइतबार ९११ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर कोरोना संक्रमण घट्ने क्रममा रहेको पाइएको छ । आइतबार ११ हजार १८ जनामा परीक्षण गर्दा जम्मा ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
केही सातायता कोरोना संक्रमण दर र संक्रमितको संख्यामा कमी आउँदै गएको मन्त्रालयलका सह प्रवक्ता डा समिरकुमार अधिकारीको भनाई छ । यसैगरी पछिल्लो समय नयाँ संक्रमित थपिने भन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर हाराहारी देखिएको छ । आजै मात्र १४ सय २३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।
आज देशभर १३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उता निको हुनेको संख्या बढेपछि सक्रिय संक्रमितको संख्या पनि घटेर २६ हजार ७५७ मा झरेको छ ।
अहिलेसम्म देशभर १० हजार ९४९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण