के हो निपाह भाइरस ? कसरी बच्ने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : निपाह भाइरस पशुबाट मानिसमा सर्ने एक गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो । यस भाइरस प्राकृतिक रुपमा ‘फ्रुट ब्याट’ भन्ने प्रजातिको चमेरोमा पाइन्छ ।
निपाह भाइरस कसरी सर्छ ?
निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्छ । संक्रमित चमेरोबाट सुँगुर, गाई गोरु जस्ता जनावर हुँदै मानिसमा संक्रमित पशुको संसर्गमा आएमा यो रोग सर्छ । यसैगरी चमेरोले जुठो हालेको फलफूल प्रयोग गरेमा, संक्रमित व्यक्तिको रगत दिशा पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि यो भाइरस सजिलै सर्ने गर्छ ।
निपाह भाइरसका लक्षणहरु:
ज्वरो आउने
टाउको दुख्ने
रिंगटा लाग्ने
मांसपेशी दुख्ने
वाकवाकी लाग्ने
श्वासप्रश्वासमा समस्या हुने
टन्सिलाइटिस
निपाह भाइरसको रोकथाम कसरी गर्ने ?
फलफूल राम्रोसँग पखालेर मात्रै खाने
तरकारी सकेसम्म पकाएर खाने
गाइवस्तुको गोठ र फार्म सफा राख्ने
मासु काट्दा र पकाउँदा पन्जा र मास्कको प्रयोग गर्ने
सकेसम्म पानी उमालेर खाने
बेलाबेलामा साबुनपानीले हात धुने





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण