स्टार हस्पिटलद्धारा साइकल यात्रीहरुलाई सहयोग
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको सानेपास्थित स्टार हस्पिटलले विश्व साइकल यात्री पुस्कर शाहको नेतृत्वको साइकल यात्रीको समूहलाई सहयोग गर्दै यात्राका लागि विशेष विदाई तथा शुभकामना कार्यक्रममको आयोजना गरेको छ ।
‘सम्वन्ध जोडौ, देश घुमौंं’ भन्ने नाराका साथ इलामको श्री अन्तुबाट मुगु जिल्लाको रारा तालसम्म हुुन गईरहेको वृहत साइकल यात्रा कार्यक्रममा सहभागी साइकल यात्रीहरुलाई शुभकामना सहित अस्पतालले विदाई गरेको हो ।
बिहीबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जन र मेडिकल डाइरेक्टर डा.शैल रुपाखेतीले सामुहिक रुपमा खाँदा र नगद सहयोगका साथ यात्रा सफलताको शुभकामना दिदै विदाई गरेका थिए ।
कार्यक्रममा मानव स्वास्थ्यमा साइकिलिङ्ग गर्दाको महत्वकोबारेमा चर्चा गरिएको थियो । साइकल यात्रा २८ दिनको रहने जानकारी दिइएको थियो । स्टार हस्पिटलले यसअघि पनि खेलकुद गतिविधि तथा सामाजिक कार्यमा संलग्न सरोकारवाला निकायहरुसँग सहकार्य गरी कार्य गर्दै आइरहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण