Health TV Online
Health TV Online
Health TV Online

१० हजार ९१६ नमुना परीक्षण गर्दा १ हजार १४६ जनामा कोरोना पुष्टि

१० हजार ९१६ नमुना परीक्षण गर्दा १ हजार १४६ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ९१६ नमुना परीक्षण गर्दा १ हजार १४६ जनामा कोरोना देखिएको हो । यसैगरी पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसरी कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर २७ हजार ९५८ सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ४५८ जना आइसीयूमा छन् भने १४५ जना संक्रमित भेन्टिलेटरमा रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार