Health TV Online
Health TV Online
Health TV Online

भारतको महाराष्ट्रमा फेरी बढ्न थाल्यो कोरोना संक्रमण

भारतको महाराष्ट्रमा फेरी बढ्न थाल्यो कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतको महाराष्ट्रमा फेरी एकपटक कोरोना संक्रमण बढ्न थालेको छ । महाराष्ट्रका ५ जिल्लामा संक्रमण तीब्र रुपमा बढिरहेको भन्दै त्यहाँको स्वास्थ्य अधिकारीहरुले विशेष ध्यान दिन र जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेका छन्।

पछिल्लो १५ दिन यता संक्रमण दरमा एकनासले वृद्धि भइरहेपछि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले अत्यावश्यक काम नपरेसम्म घरबाहिर ननिस्कन सूचना जारी गरेका छन्। उनले कोरोनाको तेस्रो वेभलाई सामना गर्नका लागि स्वास्थ्यका सबै निकायलाई अक्सिजन, बेड तथा आइसीयू तयारी अवस्थामा राख्न समेत आदेश दिइसकेको जनाएका छन्।

भारतमा हालसम्म ३ करोड ३० लाख ५७ हजार ३२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ लाख ४१ हजार ७५ जनाको मृत्यु भइसकेको छ ।

थप समाचार