काठमाडौंका ४० प्रतिशत नागरिकले पाए कोरोना विरुद्धको पूर्ण खोप
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंका ४० प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप पाएका छन्। स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार काठमाडौंका ४० प्रतिशत नागरिकले दुबै डोज अर्थात कोरोना विरुद्धको पूर्ण खोप पाएका छन्।
देशभर १५ प्रतिशले पूर्ण खोप पाउँदा काठमाडौंमा भने ४० प्रतिशतलाई खोप दिइसकिएको छ । पूर्ण खोप लगाउनेमा मनाङ जिल्ला पहिलो नम्बरमा छ भने काठमाडौं पाँचौ नम्बरमा परेको छ । मनाङका ५७ प्रतिशतलाई पूर्ण खोप दिइएको छ ।
यसैगरी मुस्ताङमा ५६ प्रतिशतले पूर्ण खोप पाएका छन्। रसूवामा ४६ प्रतिशतलाई पूर्ण खोप दिइएको छ । भक्तपुरका ४१ प्रतिशतले पूर्ण खोप पाएका छन्। बाग्मती प्रदेशमा २९ प्रतिशतले कोरोना विरुद्धको खोप लगाइसकेको बताइएको छ । प्रदेश १ ले १० प्रतिशत, प्रदेश २ ले ७ प्रतिशत, गण्डकीले १७ प्रतिशत, लुम्बिनी प्रदेशले १६ प्रतिशत, कर्णालीले १२ प्रतिशतलाई र सुदूरपश्चिमले १५ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको पूर्ण खोप पाएका छन्।
नेपालले छोटो समयमै धेरै नागरिकलाई पूर्ण खोप दिन सकेको भन्दै विश्व स्वास्थ्य संगठनले समेत प्रशंसा पत्र पठाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण