पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना संक्रमण, ३०३० जना निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ९३५ जनाको नमुना परीक्षण गर्दा २ हजार ५२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी गत २४ घण्टामा ३ हजार ३० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। उता यहीवीच आज २० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगैदेशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १० हजार ७७० पुगेको छ ।
हाल कुल सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ रहेको छ । यीमध्ये ५६३ जनाको आइसीयूमा र १७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित