काठमाडौंमा निषेधाज्ञा भदौ मसान्तसम्म लम्बियो, विद्यालय खोल्ने विषयमा सरकार लचिलो
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा जारी भएको निषेधाज्ञा भदौ मसान्तसम्म लम्बिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भदौ मसान्तसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यसपटक जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा निषेधाज्ञा शब्द प्रयोग नगरी गर्न नहुने भन्दै आदेश दिइएको छ । सो बैठकले भदौ १७ गतेदेखि मसान्तसम्म के के व्यवसाय खुल्ने र नखुल्ने भन्ने बारेमा निर्णय गरेको हो । यसरी यसपटको निषेधाज्ञामा विद्यालय र पठनपाठन भौतिक रुपमा गर्न गराउन नपाइने र गर्ने पर्ने भएमा सरकारको स्मार्ट लकडाउनभित्र रही स्थानीय तहले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी आवश्यक निर्णय गर्न सकिने जनाइएको छ । यसअघि यो प्रावधान राखिएको थिएन । यसले यसपटक सरकार विद्यालय खोल्ने विषयमा लचिलो भएको देखिन्छ ।
यसैगरी सभा, जुलुस, गोष्ठी भिडभाड हुने काम गर्न पाइने छैन्। चाडबाडहरु मनाउँदा जनस्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन आग्रह गरिएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले वैशाख १६ गतेबाट काठमाडौं उपत्यका लगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गर्दै आएको छ ।
यस्तो छ विज्ञप्ति :






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण