विश्वभर कोरोना संक्रमणबाट ४५ लाखभन्दा बढीको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ लाखभन्दा बढी पुगेको छ । वल्र्डोमिटरका अनुसार सोमबारसम्म विश्वमा ४५ लाख २३ हजार ६९४ ले कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसैगरी हालसम्म २१ करोड ७९ लाखभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । चीनको वुहान शहरबाट सन् २०१९ को डिसेम्बरमा शुरु भएको कोरोना भाइरसको संक्रमण २२१ देशमा देखा परेको छ । यसमा पनि सबैभन्दा बढी प्रभावित अमेरिका भएको पाइन्छ ।
अमेरिकामा मात्रै हालसम्म ६ लाख ५६ हजार ३९३ जनाले कोरोनाबाट ज्यान गुमाएको वल्र्डोमिटरले जनाएको छ । यसैगरी दोस्रो धेरै मृत्यु हुने देशमा ब्राजिल रहेको छ । संक्रमितको संख्याको हिसाबले भने भारत दोस्रो नम्बरमा आउँछ । भारतमा हालसम्म ३ करोड २७ लाख ६७ हजारभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ भने ४ लाख ३८ हजार ५९२ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।
नेपालमा हालसम्म १० हजार ७३० जनाले कोरोना संक्रमण भएर ज्यान गुमाएको तथ्यांक छ । कोरोनाको पहिलो लहरमा भन्दा दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या बढी देखिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण