ईशान बाल तथा महिला अस्पताल २६ औँ वर्षमा प्रवेश
हेल्थ टिभी अनलाइन \काठमाडौं : निजी क्षेत्रको पहिलो ईशान बाल तथा महिला अस्पताल आज २६ औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसर पारेर अस्पतालले नयाँ बनेको भवनमा मन्दिर स्थापना गरेको छ ।
बालबालिकाको उपचारका लागि सरकारी स्तरको कान्ति बाल अस्पताल मात्र भएका बेला विं सं २०५२ सालको कृष्णअष्टमीको दिनमा बालबालिकाको उपचारमा सबैको पहुँच र उपचार सहज होस भन्ने उद्देस्यले ईशान बाल नर्सिङ होमका नाममा अस्पताल स्थापना भएको थियो । पछि यसको नाम परिवर्तन गरी ईशान बाल तथा महिला अस्पताल राखिएको अस्पतालका कार्यकारी निर्देशक डा आरपी चौधरीले बताए । उनले कोरोना महामारीको संक्रमणको जोखिमका कारण अस्पताल परिसरमा सानो पूजा गर्दै मन्दिर स्थापना गरेर वार्षिकोत्सव मनाएको जनाए ।

डा चौधरीले १५ बेडबाट शुरु भएको अस्पतालले आफना सेवाहरु बिस्तार गर्दै १ सय बेडबाट बालबालिका तथा महिलाको सेवा दिन सुरु गर्ने तयारी गरेको समेत जानकारी दिए । अस्पतालले वर्षेनी ७ सयभन्दा बढी बालबालिकाको जटिल किसिमका शल्यक्रिया गर्दै आएको पनि उनले जिकीर गरे ।
अस्पतालका संस्थापक अध्यक्ष डा नारायण बहादुर थापा थिए । उनको तीन महिनाअघि मात्र निधन भएको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण