परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले मनायो ६२ औँ वार्षिकोत्सव
एक वर्षमा १० हजार ९६१ जनाको शल्यक्रिया
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफनो ६२ औं वार्षिकोत्सव मनाएको छ । वि. स. २०१६ सालमा श्रीकृष्णाअष्टमीको दिन उक्त अस्पतालको स्थापना भएको थियो ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले प्रसुती अस्पतालको विकास र विस्तारका लागि सरकार कटिवद्ध भएको भन्दै यसलाई अब रिसर्च सेन्टरका रुपमा पनि विकास गर्दै लानुपर्नेमा जोड दिए ।
उनले गर्भवती र प्रसूति भएका महिलाका लागि खोप पहिलो प्राथमिकतामा राखिएको भन्दै कतै कमी भएमा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउन समेत आग्रह गरे ।
अस्पतालकी निर्देशक डा संगिता मिश्रले कोरोना महामारीका बेला पनि अस्पतालको सेवा निरन्तर चलिरहेको भन्दै यहीवीच ३३० जना गर्भवती तथा प्रसुतीपछि काेराेना संक्रमित भएका महिलाकाे सफल उपचार गरेको समेत जानकारी दिइन्। अस्पतालमा एक वर्षमा ओपीडीबाट १ लाख ४३ हजार २२१ जनाले सेवा लिएको डा मिश्रले जनाइन्। उनले कोरोना महामारीकै बेलामा पनि २८ हजार ५९८ जनालाई भर्ना गरेर सेवा दिएको बताइन्। यीमध्ये २२ हजार १४ जनाले डेलीभरी सेवा लिएका थिए ।
एक वर्षमा १० हजार ९६१ जनाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण