स्वास्थ्यका कर्मचारीको जिम्मेवारी हेरफेर, परिवार कल्याण महाशाखामा आए डा विवेकलाल कर्ण
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फेरि एकपटक कर्मचारीहरुको जिम्मेवारी हेरफेर भएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्यका केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन्। यही क्रममा परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलको सरुवा गरी उनको ठाउँमा डा विवेकलाल कर्णलाई ल्याइएको छ । डा पोखरेललाई यसअघि डा कर्ण कार्यरत सार्क क्षयरोग केन्द्रमा पठाइएको छ ।
यसैगरी खोप शाखा प्रमुखमा रहेका डा झलक शर्मा गौतमको पनि सरुवा भएको छ । उनको ठाउँमा सागर दाहाललाई ल्याइएको छ भने दाहाल कार्यरत व्यवस्थापन महाशाखाको पूर्वाधार विकास शाखामा डा गौतमलाई सरुवा गरिएको छ ।
उता भरतपुर अस्पतालको निमित्त निर्देशकमा डा कृष्ण पौडेललाई नियुक्त गरिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण